Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • ठेकेदारसँग ६ लाख घुस लिने इन्जीनीयर खड्का र लेखाअधिकृतबिरुद्ध मुद्दा दायर


    मंगलबार, साउन २६ २०८३
    255
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ६ लाख रुपैयाँ घुसको रकमसहित पक्राउ परेका इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भने घुस मागेको उजुरी परेको थियो । उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट रू. ६ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा गएको असार ३१ मा नियन्त्रणमा लिएको थियो ।

    इन्जिनियर खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईको आपसी मिलेमतो तथा योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा भुक्तानी प्रक्रिया सम्बन्धी काम सम्पन्न गर्न, ठेक्का सम्बन्धी कार्य सम्पन्न भएबमोजिम पेस गरेको बिल रकम भुक्तानी गरेगराएबापत घुस लिएका थिए ।

    इन्जीनीयर खड्का र मिलन कुमार भट्टराईको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा बिगो रू ६ लाख रूपैयाँ कायम गरी बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार