Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हात्तीको आक्रमणबाट इलाममा एकको मृत्यु


    मंगलबार, असोज २९ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम । इलामको चुलाचुली गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

    हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

    सोमवार साँझ साढे ७ बजेतिर हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका राईको गएराति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

    चुलाचुली, महमाई, दानबारीलगायतका क्षेत्रमा हात्तीको समस्या बढ्दै गएको स्थानीयले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार