Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घाम लागेसँगै झाँक्रीले भनिन् – नेपाली राजनीतिक आकाशको कालो तुवाँलो पनि छिट्टै हटोस्


    बिहिबार, चैत्र १९ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले नेपाली राजनीतिमा लागेको कालो तुवाँलो छिट्टै हट्ने अपेक्षा गरेकी छिन्। 

    गत शुक्रबार देखि देशभर तुवाँलोका कारण जनजीवन कष्टकर बन्दै आइरहेका बेला बुधबार साँझ परेको वर्षाले नेपाली आकाश खुल्ने र प्रदुषण हट्ने अपेक्षा गरेकी नेत्री झाँक्रीले यस्तो भनेकी हुन्। 

    पानी परेसँगै सामाजिक सञ्जालमार्फत् नेत्री झाँक्रीले संसारका ठूला जनघनत्व भएका औद्योगिक शहर भन्दा पनि काठमाडौँ प्रदुषित भएको उल्लेख गरेकी थिईन। 

    उनले लेखेकी छिन् ‘केही दिन देखि नेपाली आकाश कालो तुवाँलोले छोपेको थियो । संसारका ठूला जनघनत्व भएका औद्योगिक शहर भन्दा पनि काठमाडौँ प्रदुषित थियो । आज झमझम परेको पानीले भोली देखि नेपाली आकाश खुल्ने र प्रदुषण हट्ने अपेक्षा गरिन्छ । नेपाली राजनीतिक आकाशको पनि छिट्टै कालो तुवाँलो हटोस् ।’

    https://twitter.com/Jhakri_didi/status/1377291383065616384

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार