महोत्तरी । अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको औरही नगरपालिका ६ बैरियामा अज्ञात समूहले चलाएको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए।
एसपी आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको छ।
बुधबार राति करिब ७ः३० बजेतिर कोइराला औरहीतर्फ गएको बेलामा उनीमाथि गोली प्रहार भएको एसपी आचार्यले बताए ।
उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी आचार्यले बताए।