Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यका प्रवेश गर्ने नाकामा कडाई


    बिहिबार, चैत्र १९ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। राजधानी उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यका भित्रने नाकामा कडाइ गरिएको छ ।

    नेपालमा कोरोना संक्रमणको तेस्रो लहर भित्रिएको आशंकामा सरकारले कोरोना संक्रमणको परीक्षणको दायरालाई बढाउने बताएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना संक्रमित बढ्न थालेपछि परीक्षणको दायरालाई बढाउने निर्णय गरेको जानकारी दिएको छ ।
    अहिले सरकारले नाकामा कडाइ गरेपछि राजधानी भित्रने यात्रुहरुले हैरानी बेहोर्नुपरेको छ । (नेपाल समाचारपत्रबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार