सुर्खेत । कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ गतेसम्म प्रवेश परीक्षा लिएको थियो । तर परीक्षा विवादित भएपछि नतिजा नै रद्द गरेको थियो । असन्तुष्ट विद्यार्थीको माग अनुसार चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा तोकेको थियो ।
विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । विद्यार्थीहरुको माग अनुसार नै उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।