काठमाडौं । नेपाल वीमा प्राधिकरणका उच्चपदस्थ अधिकारीकै संरक्षणमा पोलिसी पार्लर नामक कम्पनीले बीमा क्षेत्रमा गैरकानुनी गतिविधि बढाएको छ । यस्तो गतिबिधिमा प्राधिकरणका उच्चपदस्थहरूकै संलग्नतामा खुलेको छ ।
इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसबाट सञ्चाालित पोलिसी पार्लरलाई नियमनकारी निकाय बीमा प्राधिकरणले नै संरक्षण गरेको आरोप लागेको छ ।
केही बीमा कम्पनीहरूसँग मिलेर पोलिसी पार्लरले बीमा क्षेत्रमा बिचौलियाको काम गरिरहेको छ । जबकि बिमा अभिकर्ताहरूले मात्र यस्ता काम गर्न पाउँछन् ।
जीवन र निर्जीवन बिमासम्बन्धी दुवै काम एउटै अभिकर्ताले पाउँदैनन् । तर, यो कम्पनीले बीमा अभिकर्ताले गर्न नहुने काम गरी ग्राहकलाई झुक्याएर ठगी गरेका उजुरी पर्न थालेका छन् ।
यस कम्पनीको अध्यक्षमा यूनाइटेड अजोड इन्स्योरेन्सका पूर्वसिईओ कुमारबहादुर खत्री छन् । अन्य लगानीकर्ताहरूमा बीमा प्राधिकरणका पूर्वअध्यक्ष, उच्चपदस्थ अधिकारी, बीमा सर्भेयरहरू, बीमा प्राधिकरणका बहालवाला कर्मचारी तथा एक बिमा कम्पनीकै अध्यक्षको लगानी रहेको स्रोत बताउँछ ।
यो कम्पनीका गैरकानुनी काममा बीमा प्राधिकरणका कार्यकारी निर्देशककै संरक्षण रहेको छ । उनले प्राधिकरणबाट नीतिगत निर्णय चुहाउने, तिनै सूचनाका आधारमा बीमा कम्पनी तथा ग्राहकहरूसँग सम्पर्क गरी बीमा दाबी कन्सलटेन्सीका नाममा रकम असुल्ने गरिएको छ ।
यसमा प्राधिकरण र पोलिसी पार्लरको मिलेमतो रहेको छ । यसरी संस्थागत रुपमा ठगी धन्दा मौलाउँदै गएको छ । यो कम्पनीको गतिविधिले समग्र बीमा बजार नै बदनाम हुँदै गएको छ ।
यस्ता गतिविधिमा प्रत्यक्ष रुपमै प्राधिकरणको संरक्षण देखिएपछि बीमा क्षेत्रका जानकारहरूले नै आश्चर्य व्यक्त गरेका छन् । प्राधिकरण नसुध्रिएमा यसमा तत्काल सरकारले हस्तक्षेप गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो...
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य उच्च वृद्धि भएको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको...
काठमाडौं। नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी ९५...
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend