एजेन्सी । फिफा विश्वकप छनौट फुटबल अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा पोर्चुगलले लक्जम्बर्गविरुद्द पुनरागमन जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गर्दै पुनरागमन जित निकालेको हो ।
लक्जम्बर्गका लागि खेलको ३० औं मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए ।
पहिलो हाफमा एक एकको बराबरी खेलेका दुवै टीमले दोस्रो हाफको सुरुमै अर्थात् ५१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दा पोर्चुगल २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८० औं मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३१ को जित दिलाए ।
यस जितसँगै पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।