Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक एक लाख दिने


    बुधबार, चैत्र १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।

    एन्फाले मंगलबार  विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।

    दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए  । 

    बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए ।

    नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार