Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तासको खेलिरहेको ठाउँबाट ११ जना पक्राउ


    शनिबार, बैशाख २० २०७७
    840
    Shares
  • २ मिनेट पाठ
  • कास्की, २० वैशाख ।  पोखरा महानगरपालिका-१० उत्तम मार्ग डेरा गरी बस्ने ३९ वर्षीय मन बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेका ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद ८० हजार ५० रुपैयाँ र ४ बुक तास वरामद भएको छ ।

    पक्राउ पर्नेहरुमा निज मन बहादुर गुरुङ, पोखरा महानगरपालिका-१५ गितामार्ग बस्ने ४६ वर्षीय बम बहादुर पुन, पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने ३० वर्षीय रमेश पुन मगर, पोखरा रामबजार बस्ने ३० वर्षीय प्रवेश पुन, ३६ वर्षीय बल बहादुर गुरुङ, ३७ वर्षीय अशिष पुन, ४८ वर्षीय गंगा लामा, २९ वर्षीय गुमान गुरुङ, ३८ वर्षीय रविन थापा, पोखरा महानगरपालिका-१५ फलेपाटन बस्ने ४० वर्षीय सोभित गुरुङ र पोखरा महानगरपालिका-१० बस्ने ३४ वर्षीय कुल बहादुर थापा रहेका छन् ।
    उक्त कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार