उदयपुर। जिल्ला प्रहरी उदयपुरले सात केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् ।
सोमबार बेलका नगरपालिका–८ कोठुमा प्रहरीले साँझ ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि इप्रका बेलकामा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।