Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमजोरहरूको अन्तिम अस्त्र हो- अरुलाई कारवाही गर्ने, याद रहोस् पृथ्वी गोलो छ : रामकुमारी झाँक्री


    मंगलबार, चैत्र १७ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयप्रति आपत्ति जनाएकी छिन्। 

    सोमबार अध्यक्ष ओलीले पार्टीका दुई नेताहरु माधव नेपाल र भीम रावललाई पार्टीको हित विपरित गतिविधि गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेसँगै नेत्री झाँक्रीले आपत्ति जनाएकी हुन्। 

    उक्त निर्णयपश्चात् झाँक्रीले अध्यक्ष ओलीलाई कमजोर व्यक्तिको संज्ञा दिँदै अरुलाई कारवाही गर्ने, गाली गर्ने अन्तिम अस्त्र रहेको बताएकी छिन्। 

    सामाजिक सञ्जालमार्फत् झाँक्रीले पृथ्वी गोलो रहेको र फर्केर पुन आफुहरुको पालो आउने उल्लेख गरेकी छिन्। 

    उनले लेखेकी छिन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस्- पृथ्वी गोलो छ ।’

     

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार