Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थ्री नेसन्स कप फुटबलको उपाधि नेपालकाे हातमा


    सोमबार, चैत्र १६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन।

    नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक-एक गोल गरे। बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए।

    सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे। सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गरे। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो।

    उनले गत शनिबार बंगलादेशविरूद्ध नै डेब्यू गरेका थिए। यो नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो।

    सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो।

    ४१ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। सन्जोगले निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पारेका हुन्।

    एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु-२३ टिमबीच प्रतिस्पर्धा भएको हो।

    समूह चरण नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार