काठमाडौं, २० बैशाख । नेपालमा रहेका विदेशी नागरिक फर्किने क्रम जारी छ । लकडाउन जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३ सय ९ विदेशी नागरिक पुर्याएर कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सोे उडान कतारको दोहा हुँदै पेरिस पुग्नेछ । जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन् ।
यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ । कतारपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।