काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तालाई आफ्नोबारेमा जति गाली गर्दै प्रचार गरेर जति डलर कमाउनु छ कमाउन आग्रह गरेका छन् ।
प्रचारको आयु लामो हुने उल्लेख गर्दै उनले सत्यको आयु लामो हुने कुरा ख्याल राख्न पनि आग्रह गरेका छन् । उनले सत्यलाई कहिल्यै हराउन नसक्ने पनि उल्लेख गरेका छन् ।
शाहीले केही दिनअघि मुगुका गणेश नेपालीले नगर प्रहरीले मोटरसाइकलमा ह्वीललक गरेपछि आत्मदाह गरेको कुरामा गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको कुरा उठाएका थिए । त्यसपछि रास्वपा समर्थक नेता कार्यकर्ताहरुले शाहीलाई सामाजिक संजालमा गालीगलौजको बर्षा नै गरेका छन् ।
सरकारलाई प्रश्न गर्नुलाई नै रास्वपा समर्थकले अपराधको रुपमा लिएको उल्लेख गर्दै शाहीले सामाजिक संजालमा लेखेका छन्–‘मेरो बारेमा रोस्ट गर्नोस् गाली गर्नोस् नक्कली अश्लील भिडियो बनाइसकेका छौ, अझै बनाउन बाँकी छ भने बनाउँदै गर्नुहोस् । यही कमेन्टमा आएर गाली गर्नुहोस् । माइतीघर मण्डलामा दुई–चार जनालाई उचालेर तमासा बनाउने काम पनि जारी राख्नुहोस् ।
अझै केही बाँकी छ भने त्यो पनि गर्नुहोस् किनकि नेपाली समाजलाई सजिलै भ्रमित गर्न सकिन्छ भन्ने तिमीहरूको बुझाइ छ । त्यही बुझाइ र लाइक भ्यूजबाट ।
तिमीहरूको बैंक खातामा डलर आउँछ संसारलाई जेसुकै होस्, तिमीहरूको कमाइ रोकिनु हुँदैन । किनकि तिमीहरूको नजरमा सरकारलाई प्रश्न गर्नु नै अपराध हो ।
तर याद राख—प्रचारको आयु छोटो हुन्छ, सत्यको यात्रा लामो । झूटले केही समय भ्रम फैलाउन सक्छ, सत्यलाई कहिल्यै हराउन सक्दैन। सत्य एक्लै भए पनि अन्तिमसम्म खडा हुन्छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend