Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ज्ञानेन्द्र शाहीको आक्रोशयुक्त प्रश्नः रास्वपा नेता–कार्यकर्ताको नजरमा सरकारलाई प्रश्न गर्नु नै अपराध हो ?


    मंगलबार, साउन ५ २०८३
    145
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तालाई आफ्नोबारेमा जति गाली गर्दै प्रचार गरेर जति डलर कमाउनु छ कमाउन आग्रह गरेका छन् ।

    प्रचारको आयु लामो हुने उल्लेख गर्दै उनले सत्यको आयु लामो हुने कुरा ख्याल राख्न पनि आग्रह गरेका छन् । उनले सत्यलाई कहिल्यै हराउन नसक्ने पनि उल्लेख गरेका छन् ।

    शाहीले केही दिनअघि मुगुका गणेश नेपालीले नगर प्रहरीले मोटरसाइकलमा ह्वीललक गरेपछि आत्मदाह गरेको कुरामा गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको कुरा उठाएका थिए । त्यसपछि रास्वपा समर्थक नेता कार्यकर्ताहरुले शाहीलाई सामाजिक संजालमा गालीगलौजको बर्षा नै गरेका छन् ।

    सरकारलाई प्रश्न गर्नुलाई नै रास्वपा समर्थकले अपराधको रुपमा लिएको उल्लेख गर्दै शाहीले सामाजिक संजालमा लेखेका छन्–‘मेरो बारेमा रोस्ट गर्नोस् गाली गर्नोस् नक्कली अश्लील भिडियो बनाइसकेका छौ, अझै बनाउन बाँकी छ भने बनाउँदै गर्नुहोस् । यही कमेन्टमा आएर गाली गर्नुहोस् । माइतीघर मण्डलामा दुई–चार जनालाई उचालेर तमासा बनाउने काम पनि जारी राख्नुहोस् ।

    अझै केही बाँकी छ भने त्यो पनि गर्नुहोस् किनकि नेपाली समाजलाई सजिलै भ्रमित गर्न सकिन्छ भन्ने तिमीहरूको बुझाइ छ । त्यही बुझाइ र लाइक भ्यूजबाट ।

    तिमीहरूको बैंक खातामा डलर आउँछ संसारलाई जेसुकै होस्, तिमीहरूको कमाइ रोकिनु हुँदैन । किनकि तिमीहरूको नजरमा सरकारलाई प्रश्न गर्नु नै अपराध हो ।
    तर याद राख—प्रचारको आयु छोटो हुन्छ, सत्यको यात्रा लामो । झूटले केही समय भ्रम फैलाउन सक्छ, सत्यलाई कहिल्यै हराउन सक्दैन। सत्य एक्लै भए पनि अन्तिमसम्म खडा हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार