काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले अग्निप्रसाद सापकोटा पक्राउ पर्ने डरले माओवादी केन्द्र संसद खोल्न तयार भएको आरोप लगाएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष तथा सांसद सूर्यमान दोङ पक्राउ नगर्ने सर्तमा गृहमन्त्रीको राजीनामाको मागबाट माओवादी पछि हटेको आरोप उनले लगाएका छन् ।
गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट भएपछि भिजिट भिसामा गृहमन्त्रीलाई बचाउन माओवादी लागेको शाहीले सामाजिक संजालमा लेखेका छन् ।
शाहीले लेखेका छन्– माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट,भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने ।
सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने,गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो । अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन् । त्यही भएर भन्छु । अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ ।
गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो । अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन् । त्यही भएर भन्छु । अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ ।’
भिजिट भिसा प्रकरणमा दैनिक ५० लाखदेखि १ करोड रुपैयाँसम्म संकलनमा गृहमन्त्री रमेश लेखककै संलग्नता रहेको भन्दै विपक्षी दलहरुले संसद अवरुद्ध गर्दैआएका छन् । बजेट प्रस्तुत गर्ने दिनबााहेक संसद चल्न सकेको छैन ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend