काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले अग्निप्रसाद सापकोटा पक्राउ पर्ने डरले माओवादी केन्द्र संसद खोल्न तयार भएको आरोप लगाएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष तथा सांसद सूर्यमान दोङ पक्राउ नगर्ने सर्तमा गृहमन्त्रीको राजीनामाको मागबाट माओवादी पछि हटेको आरोप उनले लगाएका छन् ।
गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट भएपछि भिजिट भिसामा गृहमन्त्रीलाई बचाउन माओवादी लागेको शाहीले सामाजिक संजालमा लेखेका छन् ।
शाहीले लेखेका छन्– माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट,भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने ।
सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने,गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो । अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन् । त्यही भएर भन्छु । अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ ।
गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो । अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन् । त्यही भएर भन्छु । अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ ।’
भिजिट भिसा प्रकरणमा दैनिक ५० लाखदेखि १ करोड रुपैयाँसम्म संकलनमा गृहमन्त्री रमेश लेखककै संलग्नता रहेको भन्दै विपक्षी दलहरुले संसद अवरुद्ध गर्दैआएका छन् । बजेट प्रस्तुत गर्ने दिनबााहेक संसद चल्न सकेको छैन ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend