Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बजेट चाहिँदैन भन्दै ज्ञानेन्द्र शाहीले मन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका


    मंगलबार, असार ५ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत् अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।

    उनले भने- यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्नेछन् । म यो किताब मन्त्रीजीलाई सिधै दिन मिल्दैन । म सभामुखमार्फत् यो बजेट किताब जस्ताको तस्तै मन्त्रीजीलाई दिन चाहन्छु, चाहिँदैन बजेट ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार