Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना विरुद्धको खोप लिदै प्रधानमन्त्रीले भने– चीनले मैत्री सम्बन्धलाई उजागर गर्‍यो


    सोमबार, चैत्र १६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर २ देशबीचको गहिरो मैत्री सम्बन्धलाई अझै उजागर गरेको बताएका छन् ।

    ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताउँदै कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा समेत गरेका छन् ।

    कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ विरुद्ध लड्न नेपालको साथमा चीन सधै रहेको बताइन् । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने स्पष्ट पारिन् । 

    चीन सरकारबाट प्राप्त सहयोगले कोभिड–१९ महामारीविरुद्ध प्रभावकारी ढंगले अगाडि बढ्नका निम्ति महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘कोभिड–१९ महामारीविरुद्ध हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडि लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडि बढाउनको निम्ति यो एउटा महत्त्वपूर्ण सहयोगको रूपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ ।

    चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरिन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार