Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्योगका डीजी नासु परिचालन गरी घुस संकलनमा बिजी


    सोमबार, चैत्र १६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । बढी जनसम्पर्क हुने कार्यालयमध्ये ठूलो मात्रामा घुस बिना सेवाग्राहीको काम नहुने उद्योग विभाग प्रमुख अड्डा हो । सहसचिव बढुवा हुनासाथ मन्त्री लेखराज भट्टलाई खुसी पारेर उद्योग विभागको महानिर्देशकमा बन्न सफल भएका जीवलाल भुसालले वैदेशिक शाखादेखि अनुमति शाखासम्म घुसको सेटिङका लागि नायब सुब्बा मोहन दाहाललाई परिचालन गरेको आरोप छ । शाखा अधिकृत हुँदा उद्योग विभागमा कार्यरत भुसालको त्यतिबेलादेखि नै दाहालसँग सम्बन्ध प्रगाढ रहेको कर्मचारी श्रोत बताउँछ ।

     शाखा अधिकृत हुँदै उद्योग विभागको ट्रेडमार्कदेखि वैदेशिक शाखा र दर्ता शाखामा हुने घुसखोरीको बारेमा अनुभवी भुसाल सहसचिव बढुवा हुनासाथ शक्तिकेन्द्र गुहारेर विभागमा पदस्थापन भएका थिए । १२ वर्षदेखि उद्योग विभागमा कार्यरत नासु मोहन दाहाल भुसाल महानिर्देशक भएपछि छायाँ महानिर्देशक जस्तै भएको श्रोत बताउछ ।

    वैदेशिक शाखामा रहेका दाहाल केही दिन अगाडि दर्ता शाखामा पुगेका छन् । दाहाललाई दर्ता शाखामा लगेपनि वैदेशिक शाखाका फाइल पनि महानिर्देशक भुसालले उनैलाई हेर्न लगाउँछन् र कुन प्रकृतिको हो सोही बमोजिम मोलमोलाई गर्ने काम दाहालले गर्दछन् । नासु बढुवा भएपछि ३ महिना उद्योग मन्त्रालयमा काम गरेका उनी १२ वर्षदेखि उद्योग विभागमै कार्यरत छन् ।

     वैदेशिक शाखाका निर्देशक सुरेश श्रेष्ठ हुन्, तर त्यहाँका सबै डिल दाहालबाटै हुँदै आएको श्रोत बताउँछ । उद्योग मन्त्रालयका कर्मचारीहरु दाहाललाई छायाँ डिजीको रुपमा लिन्छन् । उद्योग दर्ता, वैदेशिक लगानीका फाइल, क्षमता अभिवृद्धि सबैमा डिलिङ गर्ने काम नासु दाहालबाटै हुँदै आएको छ ।

    त्यसैगरी उद्योग मन्त्रालयमा २ वर्षभन्दा बढी अवधिदेखि कार्यरत नासुहरुमा सुशील लम्साल र यज्ञ आचार्य हुन् । उनीहरुको पनि २ वर्षभन्दा बढी भइसकेको छ । उद्योगमा लामो समयदेखि कार्यरत रहेका शाखा अधिकृत रामप्रसाद लुईंटेल, सरोज कोइराला र नासु केशव मैनाली त्यहाँबाट बाहिरिसकेका छन् । साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार