बाजुराको धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।
विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको स्रोतले बताएकाे छ ।
उक्त विद्यालयमा अध्ययनरत करिब एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन्।
विद्यार्थीमा रूघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको र दैनिक रूपमा २० जना बढी बिरामी हुने गरेको स्रोतले बताएकाे छ । बिरामी भएका विद्यार्थी घरबाट नआउने भएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको स्रोतले जानाकारी दिएकाे हाे ।