Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • २४ घण्टामा थप १४१ जनामा कोरोना संक्रमण


    सोमबार, चैत्र १६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१२२ मा पिसिआर गर्दा १४१ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ।

    पछिल्लो २४ घण्टामा ८२ जना निको भएर फर्किएका छन्।

    योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ।

    कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार