Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश


    सोमबार, चैत्र १६ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला अदालत नवलपरासीले मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो ।

    न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो । 

    अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतविरुद्ध राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ ।

    राउतसँगै यो मुद्दामा कृष्ण यादव र कैलाश महतो प्रतिवादी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार