Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा एकैदिन ६८ हजारभन्दा बढी कोरोना संक्रमित


    सोमबार, चैत्र १६ २०७७
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार ४९८ सक्रिय संक्रमित थपिएका हुन् । 

    भारतमा कोरोना संक्रमितको समग्र संख्या पनि एक करोड २० लाख नाघेको छ । भारत कोरोना संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा एक लाख ६१ हजारभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । 

    महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । संक्रमण बढेसँगै केही राज्यमा रात्रिकालीन कर्फ्यु तथा सामाजिक गतिविधिमा कडाइका विभिन्न नियम लगाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार