Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ


    सोमबार, चैत्र १६ २०७७
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए ।

    पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
     
    चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन् । 

    पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार