बलेवा । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु छ । भने केही युवा घाइते भएका छन् ।
मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।
आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भए पनि उनीहरु राती अबेर सम्पर्कमा आइसकेको छन् ।
अहिले प्रहरीले घटनामा संलग्न दुबै वडाका युवासँग सोधपुछ गरिरहेको र थप अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।