Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर


    सोमबार, चैत्र १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । थ्री नेसन्स कपका रूपमा ६ वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ । यस्तोमा नेपाली टोलीलाई घरेलु मैदानमा सोमबार उपाधि जित्ने अवसर रहेको छ । नेपालले सोमबार थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै छ । खेल साँझ ५ः३० बजेपछि हुनेछ ।

    नेसन्स कपको राउन्ड रोविन लिगमा नेपालले दुई खेल खेल्दा एक गोल पनि नगरी लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले पनि एक गोल पनि नगरी फाइनलमा स्थान बनाएको थियो । किर्गिस्तानको ओलम्पिक टोलीविरुद्धको १–० को जितमा आत्मघाती उपहार पाएको थियो । लिगको तीन खेलमा त्यही आत्मघाती एक गोल नै एक्लो गोल हो ।

    नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन् । थ्री नेसन्स कपको फाइनल अघि आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका हुन् । ‘हामीले दुई खेल खेल्यौं । प्रदर्शन राम्रै गरेका छन् । सोचेअनुसार खेलेका छौं । तर, गोल गरिरहेका छैनांै’, महर्जनले भने, ‘हाम्रो भोलिको मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नुहुनेछ ।’

    यस्तै प्रशिक्षक महर्जनले फाइनलमा टिममा केही परिवर्तन हुने समेत बताए । भोलिको खेलमा सुरुवाती–११ मा केही परिवर्तन हुन सक्छ । त्यसका लागि हेर्दै छु,’ उनले भने । नेपालले अघिल्ला दुई खेलमा सुरुवाती–११ परिवर्तन गरेको थिएन । नेपाली टिमका कप्तान किरण चेम्जोङले उपाधि दिलाउन आफू उत्सुक रहेको बताए । ‘सबै कप्तानलाई आफ्नो कप्तानीमा उपाधि जित्दा सुखी लाग्छ । आफ्नो कप्तानीमा उपाधि दिलाउन म पनि उत्सुक छु ।’ मलाई मेरो टोलीमा पूर्ण विश्वास छ । टोलीका खेलाडीले गोल गर्दै घरेलु मैदानमा उपाधि जित्नेछ । हामीलाई घरेलु मैदान र समर्थकको पनि साथ छ ।’

    बंगलादेशका प्रशिक्षक जेम्स डेले नेपालको कमजोरी केलाएर उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘खेल प्रतिस्पर्धात्मक हुनेछ । हामीले पनि स्कोर गर्न सकेका छैनौ । हामी पनि स्कोर गर्दै उपाधि जित्नेछौं ।’ प्रिम्याच पत्रकार सम्मेलनको जेम्स डेले भने, ‘टोलीमा केही परिवर्तन भएको छ । सबै खेलाडी उही स्तरका छन् । जसले गोल गर्छ उसले नै उपाधि जित्नेछ । हामी हरसम्भव प्रयास गर्नेछौं ।’ लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको थियो ।

    यस्तै नेपालले पछिल्लो ७ अन्तराष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । त्यसैले पनि नेपाललाई गोल गर्न दबाब हुनेछ । नेपाल र बंगलादेशबीच हालसम्म २४ पटक भेट हुँदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ६ खेलमा विजयी हँुदा ४ खेल बराबरीमा सकिएको छ ।

    नेपालविरुद्ध बंगलादेश हेड टु हेड
    २७ मार्च २०२१ नेपालविरुद्ध बंगलादेश (०–०) मैत्रीपूर्ण
    १७ नोभेम्बर २०२० नेपालविरुद्ध बंगलादेश (०–०) – मैत्रीपूर्ण
    १३ नोभेम्बर २०२० नेपालविरुद्ध बंगलादेश (०–२) – मैत्रीपूर्ण
    ८ सेप्टेम्बर २०१८ नेपालविरुद्ध बंगलादेश (२–०) –साफ च्याम्पियनसिप
    १५ जनवरी २०१६ नेपालविरुद्ध बंगलादेश (०–०) – बंगबन्धु
    १७ डिसेम्बर २०१५ नेपालविरुद्ध बंगलादेश (०–१) – मैत्रीपूर्ण
    ३१ अगस्ट २०१३ नेपालविरुद्ध बंगलादेश (२–०) – साफ
    ४ मार्च २०१३ नेपालविरुद्ध बंगलादेश (०–२) – एसियन कप
    २० सेप्टेम्बर २०१२ नेपालविरुद्ध बंगलादेश (१–१) – मैत्रीपूर्ण
    ४ डिसेम्बर २०११ नेपालविरुद्ध बंगलादेश (१–०) – साफ
    १० डिसेम्बर २००५ नेपालविरुद्ध बंगलादेश (०–२) –साफ
    ११ जनवरी २००३ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ
    ४ अक्टोबर १९९९ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ
    २९ अप्रिल १९९९ नेपालविरुद्ध बंगलादेश (१–२) – साफ
    २३ डिसेम्बर १९९५ नेपालविरुद्ध बंगलादेश (१–२) – साफ
    २७ मार्च १९९५ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ
    २८ डिसेम्बर १९९१ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ
    ३० नोभेम्बर १९८७ नेपालविरुद्ध बंगलादेश (१–०) – साफ
    २६ सेप्टेम्बर १९८६ नेपालविरुद्ध बंगलादेश (०–१) – एसियन गेम्स
    १ अक्टोबर १९८४ नेपालविरुद्ध बंगलादेश (४–२) – साफ
    ३० सेप्टेम्बर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ
    २५ सेप्टेम्बर १९८४ नेपालविरुद्ध बंगलादेश (४–२) – साफ
    २१ सेप्टेम्बर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ
    २२ सेप्टेम्बर १९८३ नेपालविरुद्ध बंगलादेश (०–१) – मर्डेका कप  (राजधानी दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार