Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँकडभिट्टाको सिमामा कडाइ थालियो


    आइतबार, चैत्र १५ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतका विभिन्न सहरमा कोरोना भाइरसको संक्रमण पुनः तीव्र रुपमा फैलन थालेपछि पूर्वी नाका काँकडभिट्टामा सुरक्षा सर्तकता बढाइने भएको छ।

    भारतमा बढ्दै गएको कोरोना संक्रमणको असर नेपालमा समेत पर्न सक्ने भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतसँग सीमा जोडिएका नाकामा सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो।

    झापाका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले सीमा नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित बनाउन उपयुक्त स्थानको खोजी गरी ‘होल्डिङ सेन्टर’ बनाउने निर्णय गरेको छ।

    यसअघि सामुदायिक विद्यालयमा ‘होल्डिङ सेन्टर’ स्थापना गरिएको थियो। विद्यालय क्षेत्रमा यसपटक भने ‘होल्डिङ सेन्टर’ नराख्ने कुरा उठेको बैठकमा सहभागी एक सरकारी अधिकारीले बताएका छन्।

    यस्तै, भारतका विभिन्न स्थानबाट काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूको अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्ने र त्यसको आवश्यक व्यवस्था मेचीनगर नगरपालिकाले गर्ने निर्णय भएको छ।

    काँकडभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको अनिवार्य अभिलेख राख्ने र त्यसको व्यवस्थापन इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बिओपीलाई जिम्मा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार