Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकले आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिक्री गर्दै


    आइतबार, चैत्र १५ २०७७
    3.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

    बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ ।

    सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

    यस्तै १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार