Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा आज सवारी चेकजाँचमा कडाइ


    आइतबार, चैत्र १५ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । होलीमा अवाञ्छित  गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी चेकजाँचमा कडाइ गरेको छ । आज होलीको दिन अवाञ्छित गतिविधि हुन नदिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्याम अधिकारीले जानकारी दिएका छन् ।

    महाशाखाले ८५ देखी ९० ठाउँमा चेक प्वाइन्ट राखेर सवारी–साधन चेकजाँच गरिरहेको जनाएको छ । आइतबार मध्यान्हसम्ममा तीन सय भन्दा बढी मोटरसाईकल र १७ वटा चारपाङ्ग्रे सवारी होल्ड  गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

    कागजपत्र नबोक्ने, दुईपाङ्ग्रे साधनमा ३ जना चढ्ने र लापरवाही गरेर चलाएका सवारीलाई होल्डमा राखिएको छ । मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिकले कारवाही गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार