Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विष्णु पौडेलविरुद्ध चौथो पटक म्याद थप, ५ दिन हिरासतमा राख्न अनुमति 


    बुधबार, असार २४ २०८३
    395
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पुनस् ५ दिन म्याद थप भएको छ । विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार फेरि म्याद थपको आदेश दिएको हो।

    पौडेलविरुद्ध आज चौथो पटक अदालतले म्याद थप भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ ।

    यसअघि पौडेलपत्नी दोमाया पौडेलले आफ्ना श्रीमान्‌लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सो रिट असार १८ गते खारेज भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार