काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता र उनका परिवारका सदस्यहरुका बिरुद्ध भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेकोमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गुप्ताका बिरुद्ध ३ करोड ५१ लाख ५२ हजार ६ सय २० रूपैयाँ अठासी पैसा बिगो माग दाबी गर्दै सोमबार आयोगले मुद्दा दर्ता गरेको हो ।
गुप्ताले पाल्हीनन्दन गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरेको थियो ।
अध्यक्ष गुप्ताले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति एकासगोल परिवारको नाममा समेत रहेको देखिंदा गुप्ता र उनको बुबा बंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ता उपर पनि मुद्दा दर्ता गरेको छ ।
गुप्तासँग बिगो माग दाबी गरिए पनि परिवारका सदस्यहरुलाई भने सम्पत्ति जफतको प्रयोजनका लागि मात्र मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend