Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सर्बियासँग बराबरीमा रोकियो पोर्चुगल


    आइतबार, चैत्र १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेल अन्तर्गत पोर्चुगल सर्बियासँग बराबरीमा रोकिएको छ ।

    गए राति सर्बियाको मैदानमा भएको खेलमा पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

    पोर्चुगलले सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा  रोकिएको हो ।

    पोर्चुगलका लागि खेलको ११ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३६ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २(० को अग्रता दिलाए ।

    पहिलो हाफमा दुई शुन्यले अघि रहेको पोर्चुगल दोस्रो हाफको सुरुमै गोल खान पुग्यो। सर्वियाका लागि खेलको ४६ औं मिनेटमा एलेक्सजान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई २-१ को स्थितिमा ल्याए ।

    त्यसपछि खेलको ६० औं मिनेटमा घरेलु टोलीका फिलिप कोस्टिकले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

    खेलको इन्जुरी समयमा निकोला मिलेन्कोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो ।

    यस बराबरीसँगै सर्बियाले २ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ को सर्बिया शीर्ष स्थानमा रहेको छ ।

    पोर्चुगल २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार