Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित


    आइतबार, चैत्र १५ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।   

    त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।  

    अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितहरुको सङ्ख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा रहेको छ । सवैभन्दा बढी अमेरिकामा सङ्क्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै सङ्क्रमितहरु रहेका छन् ।

    फ्रान्समा भन्दा पछाडी छैठौ स्थानमा बेलायत रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार