Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिवान विद्रोहीको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु


    शनिबार, चैत्र १४ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी ।अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा विद्रोही लडाकूले गरेको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु भएको एक स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् ।

    ती अधिकारीले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा नार–ए–सारज जिल्लाको याक्लिङ क्षेत्रमा शनिबार विहानै प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा १० प्रहरी अधिकारीको हत्या गरेका बताए ।

    अधिकारीका अनुसार विद्रोहीले चौकीमा आक्रमण गरेपछि करिब तीन घण्टा आक्रमण भएको थियो । घटनामा केही तालिवान लडाकूहरू पनि मारिएका बताइएको छ ।

    उक्त आक्रमणमा प्रहरी तथा तालिवान लडाकू दुबैतर्फ केही व्यक्ति घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

    यसैबीच हेलमन्ड प्र्रान्तका सरकार प्रमुख ओमार जावाकले पनि आक्रमणको घटनालाई पुष्टि गरेका छन् । आक्रमणपछि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार