Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ


    बिहिबार, असार १८ २०८३
    270
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलवार बेलुका १७:३० बजे कार्गो कम्प्लेक्स भवनमा जाँच गर्ने क्रममा उक्त अवैध सामग्री बरामद गरिएको हो।

    पक्राउ पर्नेहरूमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् । एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको ‘मेनिफेस्ट नं।एएमएस एपी ३२१ भएको कार्गो बाकसमा जुत्ता, पाइन्ट, सारी र अन्य कपडा फेला परेको हो।

    प्रहरीले सुनको गहनाहरू नौगेडी, चन्द्रमा, जन्तर, सिंगल र डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अङ्कित ब्रोच, खुकुरी आकारको ब्रोच, मङ्गलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल बरामद गरेको छ ।

    त्यस्तै चाँदीको गोलो र चारपाटे नेकलेस, काँडावाला चुरा, यार्लिङसहितको शिरबन्दी सेट, झुम्का, तिलहरी र सिक्री बरामद गरिएको छ । सुवेदी युनिक कार्गोका सञ्चालक हो भने, दाहाल एपेक्स लजिस्टिक प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै व्यक्ति र बरामद गहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको सिलवालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार