काठमाडौं । एउटा कवाडी ब्यवसायीले राज्यका ऐन–कानुनलाई चुनौती दिंदै अदालतलाई आफू अनुकूल चलाउँदैआएका छन् । राज्यका निकायलाई कर असुलीमा अवरोध गर्न अदालतलाई उनले दुरुपयोग गर्दैआएका छन् । जसका कारण राज्यले दैनिक ठूलो रकम कर गुमाइरहेको छ ।
जेनजी आन्दोलन भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि भएको थियो । तर एक विवादित भारतीय नागरिक रोशन चौधरीले अदालतलाई नै बदनाम गरिरहँदा, कर्मचारी र कानुन ब्यवसायीको प्रयोग गरी न्यायाधीशहरुमाथि औंला ठडिने अवस्था ल्याइरहेको छ भन्ने कुरामा न्यायपालिकाको नेतृत्व सजग हुनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । रोशन चौधरी विवादित भारतीय नागरिक हुन् । उनले धादिङको धुनिबेसी नगरपालिकाको कवाडी कर संकलनको ठेक्का लिएका छन् ।

सर्वोच्च अदालतले कवाडी संकलन गर्ने ब्यवसायीले अनिवार्य रुपमा कुनै एक स्थानीय तहमा राजस्व तिर्नैैपर्ने नतिरेको खण्डमा अर्को स्थानीय तहले लिन पाउने फैसला गरेको छ । रोशन चौधरीले काठमाडौं र ललितपुर जिल्लाका स्थानीय तहमा कवाडीको ठेक्का अवरुद्ध गर्न अदालतलाई दुरुपयोग गर्दैआएका छन् । जसका कारण सम्बन्धित स्थानीय तहले प्रतिदिन ठूलो रकम राजस्व गुमाइरहेका छन् ।
यो पनि पढ्नुहोस् :
रोशन चौधरीको अवरोधका बाबजुद धेरै दिनपछि ललितपुर महानगरपालिकाले हालसालै कवाडी करको टेण्डर सूचना निकालेको थियो । उक्त ठेक्कामा रोशन चौधरीकै पकडमा रहेको जय महादेव ट्रेडर्स नामक फर्मले ५ हजार रुपैयाँको रसिद कटाई बोलपत्र फाराम खरिद गरेको थियो । महादेवले बोलपत्र फाराम भरेको पनि छैन, धरौटी रकम बुझाएको पनि छैन । तर बोलपत्र फाराम खरिद गरेकै आधारमा बोलपत्रका सर्त गैरकानुनी भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पाटनमा माघ १८ गते रिट दर्ता गरे ।
उच्च अदालत पाटनका न्यायाधीश शिवबहादुर रानाभाटले ५ हजार रुपैयाँको रसिद खरिद गरेकै कारण देखाउँदै माघ १९ गते ठेक्का रोक्न अन्तरिम आदेश फाष्टट्रयाकमा दिइहाले । उक्त अन्तरिम आदेश मुद्दा अन्तिम सुनुवाइ नहुन्जेलसम्मका लागि दिइएको छ ।
कवाडी कर दैनिक संकलन हुने बस्तु हो । अदालतको आदेशले टेण्डर रोकिंदा कवाडी करबापत ललितपुर महानगरपालिकालाई प्रतिदिन हुने लाखौं रुपैयाँको नोक्सानीतर्फ प्रवाह गरेको नदेखिनु बिडम्बनाकै रुपमा लिइएको छ । रोशन चौधरीले यही अन्तरिम आदेशलाई आधार बनाई महिनौंसम्म ठेक्का प्रक्रिया अवरुद्ध गरी ब्यक्तिगत लाभ लिने छुट पाएका छन् ।
ललितपुर महानगरपालिकालाई प्राप्त हुने कवाडी करबापतको दैनिक लाखौं रुपैयाँ गुमेको छ । रोशन चौधरी तिनै पात्र हुन्, जसलाई २०८२ माघ १८ गतेहश उच्च अदालतका न्यायाधीश अर्जुन कोइरालाको इजलासबाट लागूऔषध मुद्दामा थप छानबिन नगर्नू भनी लागूऔषध नियन्त्रण ब्यूूरोलाई अन्तरिम आदेश दिइएको थियो ।
यो पनि पढ्नुहोस् :
माघ १८ गते लागूऔषध कारोबारमा रोशन चौधरीले पक्राउ हुनबाट उन्मुक्ति पाउने अद्भूत अन्तरिम आदेश पाएका छन् भने माघ १९ गते कवाडी ठेक्का रोक्का गर्ने अन्तरिम आदेश पनि पाए । यी सबै घटनाक्रमले कवाडी ब्यवसायी चौधरीको अदालतमा कतिसम्म पहुँच छ, उनले अदालतलाई कतिसम्म दुरुपयोग गरेका छन्, त्योे छर्लङ्ग भएको छ । रोशन चौधरीले पल्सर मोटरसाइकलसमेत दिएर डेढ सय केटाहरु बल्खु, कलंकीदेखि धादिङका राजमार्गमा राखी गैरकानुनी रुपमा कवाडी कर असुलिरहेका छन् ।
धुनिबेसी नगरपालिकाको कवाडी करको ठेक्का लिएको आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नको नाममा उनले काठमाडौं र ललितपुरका स्थानीय तहबाट गएको एउटा कवाडी बोकेको गाडीको ४० हजार रुपैयाँसम्म गैरकानुनी कर असुली गरेको रसिद नेपालफेसलाई प्राप्त भएको छ । जबकि भालेश्वरलाई धुनिबेसी नगरपालिकाको मात्र कवाडी संकलन गर्नेगरी ठेक्का दिइएको हो । तर उनले काठमाडौंबाट गएका सबै कवाडी बोकेका गाडीसँग जबर्जस्ती कर असुली गर्ने, नदिए तलव दिएर राखिएका चुल्ठेमुन्द्रे प्रयोग सवारीचालकलाई कुटपिट गर्नेसम्म गर्दैआएका छन् ।
ललितपुरदेखि धादिङ प्रहरीलाई प्रहरी र प्रशासनलाई उनले मासिक दस्तुरी दिएर जबर्जस्ती कर असुली गर्दैआएका छन् । उनले काठमाडौंबाट गएका कवाडीका गाडीसँग दैनिक ३० लाख रुपैयाँका दरले बार्षिक १ अर्ब कवाडी कर जबर्जस्ती असुली गरेका छन् । ललितपुर महानगरपालिकाले गतबर्षमा बार्षिक १० करोेडमा कवाडी करको ठेक्का दिएको थियो । यस हिसाबले उपत्यकाका १६ भन्दा बढी स्थानीय तहले अदालतलाई माध्यम बनाएर ठेक्का रोक्ने रोशन चौधरीका कारण बार्षिक डेढ अर्बभन्दा बढी राजस्व गुमाउनुपरेको छ ।
न्यायपालिकाको नेतृत्वले चौधरीजस्तालाई बरिष्ठ कानुन ब्यवसायी र अदालतका कर्मचारीको कुरामात्र सुनेर प्रश्रय नदिने हो भने राज्यले बार्षिक डेढ अर्ब राजस्व गुमाउनुपर्ने थिएन कि ? रोशन चौधरीले अदालतलाई गुमराहमा राखी राजस्व असुलीमा कसरी अवरोध गरेका छन्, त्यसको पीडा ललितपुर महानगरपालिकाकाका विकासवादी र इमान्दारीतापूर्वक काम गरिरहेका चिरीबाबु महर्जनलाई सोधे एक एक भन्नेछन् । उनी ललितपुर जिल्ला अदालतदेखि उच्च अदालत पाटनमा समेत हरेक सुनुवाइका दिन इजलासमा गएर ठेक्का प्रक्रिया नरोक्न अनुरोध गरेका गर्यै छन् । तर उनको अनुरोध भारतीय नागरिक रोशन चौधरीको धनबलका अगाडि अरण्यरोदनमात्र हुँदैआएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend