अमरेशकुमार सिंहलाई खादा लगाउँदै बाबुनन चौधरी कलवार र उनका बिरुद्ध रौतहट जिल्ला प्रहरी कार्यालबाट जारी भएको पक्राउ पूर्जी
काठमाडौं । २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी पार्टीले लगभग बहुमत नै ल्याएपछि तस्कर, अपराध कर्म गर्नेदेखि कर छली गर्ने सबै खालका खराब ब्यक्तिहरु उक्त पार्टीतिर लागे । फलस्वरुप उक्त पार्टी ६ बर्षपछि भएको निर्वाचनमा तेस्रो शक्तिमा खुम्चिन पुग्यो ।
२०८२ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुईतिहाई बहुमत ल्याउनासाथ विवादित र अवैध असुली गर्नेहरु सो पार्टीका नेताहरुसँग निकट हुन थालिसकेका छन् । राजनीतिक आडमा देश दोहन गर्न पल्किएका उनीहरु रास्वपाका नेताहरु निर्वाचनमा जितेकोमा घर घर गएर बधाइ दिन थालेका छन् ।
नक्कली नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्याल रौतहटबाट पक्राउ पूर्जी जारी भएका बाबुनन चौधरी कलवार र उनका छोरा रोशन चौधरी अनुसन्धानलाई प्रभावित पार्न रास्वपाका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहको शरणमा पुगेका छन् ।
हिजोसम्म एमालेका सचिव महेश बस्नेत, आमजनता पार्टीका अध्यक्ष प्रभु साहको आडमा राजमार्गमा गुण्डागर्दी गर्दै अबैध निकासी कर असुली गर्दैआएका रोशन चौधरी र उनका बाबु बाबुनन चौधरी अमरेशकुमार सिंहलाई घरमै भेटेर बधाइ दिएका छन् । बिहीबार (फागुन २८ गते) रोशन चौधरी र उनका बाबु बाबुनन चौधरीले अमरेशको निवासमै गएर उनलाई सांसदमा जितेकोमा खादामालासहित बधाइ दिएका छन् । रोशन चौधरीले अमरेशकुमार सिंहलाई बधाइ दिएको तस्वीर आफ्नो फेसबुकमा राखेका छन् ।

बाबुनन चौधरीका बिरुद्ध रौतहट जिल्ला प्रशासन कार्यालयबाट २०८२ भदौ २ गते पक्राउ पूर्जी जारी भएको छ । तिनै पक्राउ पूर्जी जारी भएका र महेश बस्नेत र प्रभु साहमार्फत् दबाब दिएर पक्राउ पर्नबाट जोगिंदैआएका बाबुनन चौधरी र उनका छोरा रोशन चौधरीले बिगत केही बर्षदेखि नेपालमा बार्षिक १ अर्ब रुपैयाँ निकासी कर गैरकानुनी रुपमा असुली गर्दैआएका छन् ।
धादिङको धुनीबेसी नगरपालिकाको कवाडी संकलनको ठेक्का लिएर ललितपुर महानगरपालिकादेखि काठमाडौं उपत्यका राजमार्गमा अबैध निकासी कर असुल्ने गरेका भारतीय नागरिक बाबुनन चौधरी कलवार नेपालमा खाली सिसी पुराना कागज जस्तै कवाडी बटुली आफ्नो जीवन धान्न आएका थिए । बिहार, सितामढी जिल्लाका उनका घरमा २ छोरामध्ये रोशन चौधरीले कवाडी काममा नक्कली भ्याट बिल बनाएर अरबौं रुपैयाँ करछली गरेका थिए ।
यो पनि पढ्नुहोस् :
राजस्व अनुसन्धान बिभागले नक्कली भ्याट बिलमा २५ करोड रुपैयाँ जरिवाना लगाउनेगरी मुद्दा दर्ता गरेपछि रोशनले पेशा परिवर्तन गरे । र, उनले एक सय ५० मोटरसाइकल चलाउने ३ सय भन्दा युवाको एक गिरोह खडा गरेका छन् । काठमाडौं उपत्यकाभित्रका कुनै पनि पालिकामा कवाडीको ठेक्का लगाउन मुद्दा मामिला गरेर नदिने धादिङका राजमार्गमा ढुकेर जबर्जस्ती कवाडी कर असुली गर्दैआएका छन् । एउटा गाडीसँग ४० हजार रुपैयाँसम्म कवाडी कर असुली गर्दैआएका रोशन चौधरी र उनका बाबु बाबुननले अदालतदेखि सबै निकायलाई प्रभावमा पारी दैनिक ३० लाख अवैध रुपमा निकासी कर ब्यवसायीबाट असुली गर्दैआएका छन् ।
एउटा पालिकाबाट गएको कुनै पनि बस्तु वा उत्पादनको कर अर्को पालिकाले लिन नपाउने अर्थ मन्त्रालय, गृहमन्त्रालयदेखि सबै निकायको परिपत्रबिपरीत रोशन चौधरीको आर एण्ड आर भालचन्द्र ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैरकानुनी रुपमा असुलिरहेको छ । काठमाडौं उपत्यकाको ललितपुर महानगरलाई मात्र अदालत प्रयोग गरी टेण्डर हुनै नदिएर रोशन चौधरीले बार्षिक १२ करोड रुपैयाँ घाटा पुर्याएका छन् ।
काठमाडौं उपत्यकाबाट बाटो हुँदै जाने जुनसुकै नगरपालिकाका कवाडी बोकेको गाडी, राँगाको हाड–सिङ बोकेको गाडीबाट जबर्जस्ती निकासी कर लिने छुट गैरकानुनी रुपमा रोशन र बाबुननले पाएका छन् । एउटा नगरपालिकाबाट उत्पादन भएको जुनसुकै सामानको कर अर्को स्थानीय तहले लिन नपाउने र त्यस्तो कर असुली गर्न रोक्न गृहमन्त्रालयले २०८१ कात्तिक १२ गते सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । तर त्यो निर्देशनबिपरीत रोशन चौधरीको आर एण्ड आर भालचन्द्र ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैरकानुनी रुपमा असुलिरहेको छ ।
यो पनि पढ्नुहोस् :
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल नेतृत्वको इजलासले कवाडी कर अनिवार्य रुपमा तिर्नुपर्ने, एउटा नगरपालिकाले कर लिइसकेपछि अर्को पालिकाले लिन नपाउने फैसला २०८१ भदौमा गर्यो । त्यसपछि रोशन चौधरीले धुनिबेसी नगरपालिकाको ठेक्का बार्षिक ३ करोड रुपैयाँ दिनेगरी लिए । र, काठमाडौं उपत्यकाभित्र कुनै पनि नगरपालिकामा ठेक्का लगाउन दिएका छैनन् ।
नगरपालिकाले कवाडीको ठेक्का लगाउन खोज्दा जिल्ला अदालत र उच्च अदालतबाट अन्तरिम आदेश ल्याएर सबै स्थानीय निकायलाई कर उठाउनबाट रोक लगाएका छन् । रास्वपाले जितेपछि सुशासन कायम होला, अदालतबाट यस्तो गैरकानुनी कर असुली गर्न पाउनुपर्ने रिटमा अन्तरिम आदेश नदिने अपेक्षा गरिएको छ । तर विगतमा जस्तै दैनिक ३० लाख गैरकानुनी रुपमा असुल्नका लागि रोशन र बाबुनन अमरेशको शरणमा पुगेका छन् ।
रोशन र बाबुननले मुद्धाममिला गरेर अदालतलाई प्रभावमा पारी ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुरी, बुढानीलकन्ठ नगरपालिकाले कवाडीको ठेक्का लगाउन सकेका छैनन् । जसका कारण रोशन चौधरीले धुनिबेसीमा बसेर काठमाडौैंका यी पालिकाबाट कवाडी संकलन गरी गएका गाडीबाट दैनिक ३० लाख रुपैयाँका दरले उठाउने गरेका छन् ।
बाबुनन बिरुद्ध पक्राउ पूर्जी जारी, ६ महिनासम्म पक्राउ परेनन्
बाबुनन र उनका छोरा रोशन चौधरीले झुटा बिबरण पेश गरी रौतहट र काठमाडौंबाट बंशजको आधारमा नागरिकता लिई बिभिन्न कम्पनी दर्ता गरेकाले छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो ।
गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय रौतहटमा बाबुनन चौधरीको नागरिकताको विवरणसहितको फाइल २०८१ माघ ७ गते पठाएको भए पनि नेपालफेसले बारम्बार समाचार लेखेपछि गएको भदौमा पक्राउ पुर्जी जारी त भएको छ । तर पैसाकै बलमा बाबुनन पक्राउ पर्नबाट जोगिंदैआएका छन् । रौतहटबाट बाबुननले झुटा विवरण पेश गरी लिएको नागरिकताका आधारमा काठमाडौंबाट रोशन र उनका भाइ दिपुले नागरिकता लिएका छन् ।

बाबुनन र रोशनले राजनीतिक दल, तिनका भातृ संगठनको आड र अदालतलाई प्रभावमा पारी नेपालमा गर्दैआएको यस्तो असुलीलाई रास्वपाको दुईतिहाई बहुमतको सरकारले रोक्ने अपेक्षा गरिए पनि उनीहरु आफ्नो ब्रम्हलुट कायम राख् अमरेश सिंहको शरणमा पुगेका छन् ।
रोशन चौधरी पनि गएको माघ २२ गते लागूऔषध कारोबारमा पक्राउ परेका थिए । आफनै ब्यवसायिक साझेदार कुन्दन सिंहका्े घरमा लागूऔषध राख्न लगाएर फसाउन खोजेको सीसीटीभी फुटेजबाट देखिएपछि लागूऔषध नियन्त्रण ब्यूरोले रोशन चौधरीलाई पक्राउ गरेको थियो । तर उच्च अदालतका न्यायाधीशले लागूऔषध कारोबार मुद्दामा उनलाई छाडेका थिए ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend