Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • राहदानी प्रकरण: विभागका महानिर्देशक अर्यालसहित ५ जनालाई धरौटीमा छाड्न आदेश


    सोमबार, असार १५ २०८३
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विशेष अदालतले राहदानी छापाई भ्रष्टाचार अभियोगमा मुछिएका ५ जना आरोपितहरूलाई धरौटीमा छाड्न आदेश गरेको छ ।

    विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो ।

    विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँचलाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ ।

    त्यस्तै अरु कर्मचारीहरू सोमेश थापासँग ३ लाख, विपिन प्रसाईंसँग ३लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।

    त्यस्तै तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार