Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७ सय ७५ किलो गाँजासहित मिनी ट्रक चालक पक्राउ


    सोमबार, असार १५ २०८३
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोक मार्गमा ७७५ किलो गाँजासहित मिनी ट्रक चालक पक्राउ परेका छन् ।

    धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेको कालो प्लास्टिकमा ७७५ किलो गाँजा बरामद गरिएको हो ।

    ट्रक चालक धनकुटा पाख्रीबास नगरपालिका-१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार