काठमाडौं। बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बिषयलाई लिएर तीव्र बिरोध भएको छ । बिरोध प्रदर्शनका क्रममा बंगलादेशमा कम्तिमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश भ्रमणमा गएका हुन् । मोदीको भ्रमणको विरोधमा प्रदर्शन सुरु भएपछि प्रहरीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको हो ।
झडपमा परेर पत्रकारसहित कयौं प्रदर्शनकारी घाइते भएका छन् ।मोदीको भ्रमणको विरोधमा स्थानीय मदरसाबाट जुलुस निस्किएको थियो । जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।एजेन्सी