काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले धरौटी रकम फिर्ता लिनका लागि सार्वजनिक सूचना जारी गरेको छ। शुक्रबार सूचना जारी गरेर कार्यालयले सम्बन्धित पक्षलाई १५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्क गर्न भनेको हो।
आर्थिक वर्ष २०६४/०६५ देखि २०७८/०७९ सम्म विभिन्न फर्म, कम्पनी तथा व्यक्तिहरूलाई गरिएको भुक्तानीबाट कट्टी गरी धरौटी खातामा जम्मा गरिएको ५ प्रतिशत धरौटी रकम हालसम्म पनि सम्बन्धित पक्षले फिर्ता नलिएको जनाएको छ।
तोकिएको म्यादभित्र कसैको माग दाबी नपरेमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६७ को उपनियम (३) बमोजिम उक्त सम्पूर्ण रकम सरकारी राजस्व खातामा जम्मा गरिने ब्यहोरा सूचनामा उल्लेख छ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend