Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरौटी रकम फिर्ता लिन सूचना जारी, १५ दिनभित्र नआए राजस्व खातामा जम्मा हुने


    शुक्रबार, असार १२ २०८३
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले धरौटी रकम फिर्ता लिनका लागि सार्वजनिक सूचना जारी गरेको छ। शुक्रबार सूचना जारी गरेर कार्यालयले सम्बन्धित पक्षलाई १५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्क गर्न भनेको हो।

    आर्थिक वर्ष २०६४/०६५ देखि २०७८/०७९ सम्म विभिन्न फर्म, कम्पनी तथा व्यक्तिहरूलाई गरिएको भुक्तानीबाट कट्टी गरी धरौटी खातामा जम्मा गरिएको ५ प्रतिशत धरौटी रकम हालसम्म पनि सम्बन्धित पक्षले फिर्ता नलिएको जनाएको छ।

    तोकिएको म्यादभित्र कसैको माग दाबी नपरेमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६७ को उपनियम (३) बमोजिम उक्त सम्पूर्ण रकम सरकारी राजस्व खातामा जम्मा गरिने ब्यहोरा सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार