Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपाधि उचाल्दै नेपाल एसिया कपमा छनोट


    मंगलबार, असार २४ २०७६
    805
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २४ असार ।  एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ। नेपालले हङकङ विरुद्ध ६ विकेटको जित दर्ता गराएको हो। उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपम क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ।  

    नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।  हङकङले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १६.१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

    नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र एक छक्का हिर्काए । त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे । यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

    पहिलो ब्याटिङमा उत्रेको हङकङ ४३।१ ओभरमा मात्र ९५ रन मा समेटियो । हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।

    त्सैगरी कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।

     

    • \"\"

    • \"\"

    • \"\"

    • \"\"

    • \"\"

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार