Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छुवाछूत अन्त्यका लागि युवाको सक्रिय भूमिका हुनुपर्ने


    शनिबार, चैत्र १४ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दलित समुदायका नेताहरुले देशमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि युवाको सक्रिय भूमिका हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

    ५६औँ अन्तर्राष्ट्रि«य जातीभेद तथा रङ्गभेद उन्मूूलन दिवसका अवसरमा जागरण मिडिया सेन्टर र युथ एड्भोकेशी नेपालद्वारा यहाँ शुक्रबार आयोजित ‘जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि युवाको भूमिका’ विषयक अन्नरक्रियामा नेताहरुले सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायको आर्थिक विकासमा जोड दिनुभयो ।

    युनाइटेड नेशन जागरण मिडिया सेन्टर र युथ एड्भोकेशी नेपालद्वारा शुक्रबार नै आयोजित ‘शिक्षामा दलितः चुनौती र अबको बाटो’ विषयक अन्नरक्रियामा वक्ताहरुले शिक्षामा दलित समुदायलाई बढाउनका लागि राज्यले छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

    सोही अवसरमा डा विद्यानाथ कोइरालाले सबैका लागि शिक्षा भनिए पनि आर्थिक, सामाजिकलगायत विभिन्न कारणले दलित समुदाय पछाडि परेको बताउनुभयो । युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चितताका लागि दलित र गैरदलित समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    कार्यक्रममा सहभागी युवाहरुले युवा नै परिवर्तनका सम्वाहक भएकाले समाजमा रहेका कुरीति, अन्धविश्वास, विकृति, विसङ्गति तथा जातीय विभेदविरुद्ध युवाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने भन्दै समाजमा रहेका हानिकारक परम्पराविरुद्धको अगुवाइ युवाहरुले गर्नुपर्ने बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार