Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विष्णु पौडेल पक्राउबिरुद्धको रिटमा कारण देखाउ आदेश जारी 


    बिहिबार, असार ११ २०८३
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

    सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेस दिएको हो ।

    बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो ।

    पौडेललाई विशेष अदालतले मंगलबार ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार