Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभापति देउवाद्धारा जोशीको निधनमा शोक ब्यक्त


    शुक्रबार, चैत्र १३ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता  तथा  पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । जोशीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शोक ब्यक्त गरेका छन् ।
    सभापति देउवाले  कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले आफू निकै मर्माहित भएको बताएका छन् । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको बताएका छन् । देउवाले जोशीको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

    गत फागुन १४ गतेदेखि मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत  जोशीको आज राति ८:२४ बजे मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार