Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेलिकमका लगानीकर्तालाई प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश पाइने


    शुक्रबार, चैत्र १३ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।

    कम्पनीको शुक्रवार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
     
    सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको कम्पनीले जनाएको छ  ।

    टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरूप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताएका थिए । उनले कम्पनीलाई सबल र अग्रणी संस्थाको रूपमा विकास गरिएको जनाउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरू उपलब्ध गराइएको जानकारी दिए ।

    टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७–३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड रुपैयाँ र कर्मचारीको तर्फबाट २ करोड गरी १२ करोड रुपैयाँ योगदान गरेको थियो ।

    गत आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैरकरबापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड रुपैयाँ बुझाएको थियो । 

    टेलिकमलाई गत आर्थिक वर्ष २०७६/७७ मा ४२ अर्ब ९९ करोड राजस्व र ९ अर्ब ७५ करोड रुपैयाँ नाफा भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार