Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति


    मंगलबार, असार ९ २०८३
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई अब ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ ।

    पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार