Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीमाबासीसँग सशस्त्र प्रहरी, नागरिक, जनप्रतिनिधि र बिद्यार्थी एकैथलोमा


    मंगलबार, असार ९ २०८३
    305
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । नेपाल–भारत खुला सीमा भएका कारण अबैध गतिविधि बढ्दै गएकोमा सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन् ।

    सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म महिनाथपुर धनुषाले मंगलबार आयोजना गरेको एक कार्यक्रममा खुला सीमाका कारण लागूऔषधको ओसारपसार तथा सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको बक्ताहरुले बताएका छन् ।

    लागूऔषध सेवन गर्ने नेपाली युवाहरूका लागि भारत सुरक्षित गन्तव्य बन्दै गरेको र यसलाई निस्तेज पार्न प्रहरी कडाई साथ लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि बेचन दासले बताए । सीमावर्ती भारतमा लागूऔषध सजिलै पाइने भएकाले पनि दुब्र्यसन बढेको उनको भनाइ थियो ।

    केही दिनयता मधेस प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषध तस्करी रोक्न सशस्त्र प्रहरी कठोर हुँदै गएको सशस्त्र प्रहरी बल नम्बर ८ गण धनुषाका एसपी भीमबहादुर बिष्टले जानकारी गराएका छन् । उनले सीमावर्ती बजार भारतबाट दैनिक उपभोगका सरसामान ल्याउँदा जनतालाई कुनै अवरोध नगर्न मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

    सशस्त्र प्रहरीको व्यवहारबाट बिगत ६ महिनायता नागरिकले कुनै पनि किसिमको दुःख, हैरानी एवं झन्झट झेल्नुनपरेको स्थानीय वडाअध्यक्ष संजय पाण्डेले बताए । उनले जनता र प्रहरीबीचको सम्बन्ध कस्तो हुन्छ त्यो यहाँको गुल्मपतिबाट सिक्नुपर्छ भन्दै डीएसपी सुरेश कोइरालाको प्रशंसा गरेका छन् ।

    सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण मुख्यालय धनुषाको अगुवाइ तथा प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरको आयोजनामा सम्पन्न ‘सीमावासीसँग सशस्त्र प्रहरी तथा Quick Impact Project (QIP)  कार्यक्रम’ ले स्थानीय तह, जनप्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणलाई एकै थलोमा ल्याएको छ ।

    सीमाबासीसँग सशस्त्र प्रहरी बल एवं क्वीक इम्पेक्ट प्रोजेक्ट कार्यक्रम अन्तर्गत ३० जना बिद्यार्थीलाई शैक्षिक सामग्री र महिनाथपुर भन्सार अगाडि रहेको टेम्पुपार्कमा चौतारा निर्माण एवं चापाकल जडान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार