Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सर्वसाधारणबाट सुझाव


    शुक्रबार, चैत्र १३ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि आम सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ ।

    अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएको छ । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी अर्थले गरेको छ ।

    अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्वावबाट बजेटबारे सुझाव दिन सकिने भएको छ । अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् । त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ । यसे छलफलका बीचमा सरोकारवाला निकायले दिने सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि भने बजेट लेखनको काम शुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार