काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ ।
हिजो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।
किर्गिस्तानविरुद्ध नेपालले लगातार पोस्ट आक्रमण गरेपनि गोल भने गर्न सकेन ।
खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्दा अंक बदना बाध्य भएको छ।
यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।
यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ ।
नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।
बंगलादेशको १ खेलमा ३ अंक रहेको छ ।